जितेन्द्र रसिकको ‘बेलबहादुरसँग बिहे’ लोकार्पण

काठमाडौं : साहित्यकार जितेन्द्र रसिकको बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ को बुधबार लोकार्पण गरिएको छ । नेवार संस्कृति र परम्परामा आधारित ‘इहि संस्कृति’ मा प्रयोग हुने बेललाई प्रतिक बनाएर तयार पारिएको पुस्तकको बुधबार एडुकेशनल पब्लिशिंग हाउसका रमण राउट, शितल सुकुभटु र कथाकार रसिकले लोकार्पण गरेका हुन् ।
पुस्तकमा इहि परम्परामाथी नेवार समुदायका बालिकाको जिज्ञासाको समाधान खोजिएको छ । साथै एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोण र इहि परम्परा भित्र लुकेको सामाजिक क्रान्तिका सन्दर्भ बालमनोविज्ञानमा आधारित रहेर रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।
कथा कृति मावि तहसम्मका बालबालिकाका लागि निकै उपयोगी रहने एडुकेशनल पब्लिशिंग हाउसका रमण राउटले बताए । त्यस्तै एडुकेशनल पब्लिशिंग हाउसका लेआउट डिजाइनर शितल सुकुभुटुले ‘बेलबहादुरसँग बिहे’ चित्रकथा बालबालिकाको हातमा परेपछि छोड्नै मन नलाग्ने दाबी गरे । उनले भने, ‘संवादात्मक चित्रकथा निकै रमाइलो र जति पढ्यो पढुँपढुँ लाग्ने प्रस्तुती रहेकाले पनि बालबालिकामाझ ‘बेलबहादुरसँग बिहे’ चित्रकथा लोकप्रिय हुनेछ ।’
‘बेलबहादुरसँग बिहे’ चित्रकथामा वरिष्ठ चित्रकार एक्कारामसिंका चित्र रहेका छन् । चित्र कथा एडुकेशनल पब्लिशिंग हाउसले सार्वजनिक गरेको हो । रङ्गीन चित्र सहितको चित्रकथा ३६ पृष्ठ रहेको छ । कृतिको मूल्य १५० रुपैयाँ रहेको छ । बुधबारबाटै रत्नपुस्तक भण्डार भोटाहिटीं, एडुकेशनल पब्लिशिंग हाउस जमल लगायत काठमाडौंका सबै पुस्तकपसलमा उपलव्ध गराइएको एडुकेशनल पब्लिशिंग हाउसले जनाएको छ । काठमाडौं बाहिर भने केही दिनमै वितरण हुने जनाइएको छ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया