प्रधानमन्त्रीले भने- एमसीसीबारे टुंगो लगाउन संसदलाई दिउँ

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे टुंगो लगाउने जिम्मा जनप्रतिनिधिको संस्था संसदलाई दिन आव्हान गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने सरकारको तयारी सत्तासाझेदार दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को आग्रहमा रोकिएको थियो ।
भोलिपल्ट बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्न संसदलाई दिनुपर्नेमा जोड दिए ।
जनप्रतिनिधिको संस्था संसदलाई एमसीसीबारे निर्णय गर्ने अधिकार दिन आव्हान गर्दै उनले एमसीसीको पक्षमा उभिन डराउनु नपर्ने बताए ।
आफ्नो पार्टी कांग्रेस एमसीसीको पक्षमा रहे पनि यसबारे निर्णय गर्न संसदलाई नै दिनुपर्ने दोहोर्याउँदै कांग्रेस सभापति देउवाले भने, ‘कांग्रेस एमसीसीको पक्षमा छ ।यसलाई अनुमोदन गर्नुपर्ने पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । तर, पनि यसको अन्तिम निर्णय गर्ने अधिकार संसदलाई दिउँ । जनप्रतिनिधिलाई नै एमसीसी पास गर्ने कि फेल गर्ने भन्ने विषयलाई टुंग्याउन दिउँ ।’

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया