एमसीसी विवाद : सत्ता गठबन्धनको बैठक सर्यो

काठमाडौँ- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सरेको छ । बिहीबार दिउँसो ३:३० बजे बस्ने भनिएको बैठक साँझ ५ बजेलाई सारिएको बालुवाटार स्रोतले जानकारी दियो ।
बिहीबार बिहान प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बैठक सारिएको हो । 'एमसीसीबारे आजको बैठकले निर्णय गर्छ' देउवा निकट एक नेताले इकागजसँग भने ।
त्यस्तै बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको स्रोतले बतायो ।
यसैबीच प्रधानमन्त्री देउवाले कांग्रेस राष्ट्रको पक्षमा बोल्ने बताएका छन् । बिहीबार बिहान काँग्रेस नेता अर्जुननरसिंह केसीको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक विमोचनमा बोल्दै देउवाले एमसीसी पास गर्ने कांग्रेस पार्टीले निर्णय गरेको भन्दै एमसीसीको पक्षमा उभिन डराउन नहुने बताए । एमसीसी राष्ट्रको हितमा रहेकाले संसद्मा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकारेर जाने बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया