‘म यस्तो गीत गाउँछु’को प्रचार काइदा, भाषाभाषीका गीत
काठमाडौँ - महामारीका कारण बारम्बार सर्न बाध्य भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारको नयाँ शैली अपनाएको छ । रिलिजको संघारमा मुख्य कलाकार पल शाह र पूजा शर्मालाई लिएर काठमाडौँको हल हल दौडिएको फिल्मले बुधबार भने नयाँ दर्शकमाझ पुग्ने अभिप्रायसहित भाषाभाषीका गीत सार्वजनिक गरेको छ ।
निर्माण टिमले बुधबार नेवारी र थारु भाषामा फिल्म हेर्न निम्तो दिएको गीत सार्वजनिक गरेको हो । जसमध्ये थारु भाषाको गीत बुधबार नै युट्यबुमा सार्वजनिक भइसकेको छ भने नेवारी भाषाको गीत बिहीबार साँझ सार्वजनिक हुनेछ ।
अभिनेता पल शाहले सबै नेपालीको मन मुटुमा बस्ने अभिप्रायसहित भाषाभाषीका गीत बनाउने लक्ष्य लिएको तर महामारीका कारण दुइटाभन्दा बढी खिच्न नसकिएको जानकारी गराए । निर्देशक सुदर्शन थापाका अनुसार उनीहरूले ७ भाषामा गीत खिच्ने तयारी गरेका थिए ।
यही १३ गतदेखि प्रदर्शनमा आउन लागेको फिल्मको दुई गीतमध्ये थारु गीत चितवनको मेघौलीमा खिचिएको थियो भने नेवारी गीत मध्यपुर थिमीमा । निर्मातासमेत रहेकी पूजा शर्माले महामारीका कारण प्रतीक्षा लामो भएको बताउँदै फिल्मलाई माया गरिदिन आग्रह गरिन् । यही टिमले निर्माण गरेको पहिलो शृंखला सफल मानिएको थियो । निर्देशक थापाले यो शृंखला सफल भए तेस्रो भाग पनि बनाउने संकेत गरे ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया