‘आमा’ निर्देशक रेशराज आचार्यको निधन

काठमाडौँ - दर्जन बढी नेपाली फिल्म निर्देशन गरेका निर्देशक रेशराज आचार्यको निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको मुख्य सहायक निर्देशक कल्याण अधिकारीले जनाएका छन् । ६३ वर्षीय आचार्यलाई हृदयाघात भएपछि ओम अस्पतालमा लगिएको तर यहाँ लगेको आधा घन्टामा नै उनको मृत्यु भएको कल्याणले इकागजलाई बताए ।
‘मायालु’फिल्मबाट कलाकारको रुपमा नेपाली सिनेमामा प्रवेश आचार्यले ‘तिलहरी’ फिल्मबाट निर्देशन यात्रा थालेका थिए । बन्नी प्रधान र आचार्यले एक साथ ‘तिलहरी’को निर्देशन गरेका थिए ।
त्यसयता उनले ‘टुहुरो’, ‘आमा’, ‘बन्धन’, ‘धर्मसंकट’, ‘माटो बोल्छ’ लगायतका १५ फिल्ममा निर्देशन गरेका छन् । विराटनगर मुल घर भएका आचार्यले गोपीकृष्ण मुभिजको ब्यानरका धेरै फिल्म गरेका छन् । निर्माता निर्देशक निरक पौडेल उनका सहोदर भान्जा हुन् । उनको बिहीबार नै आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आचार्यका एक छोरा र श्रीमती छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया