मनाङको लक्ष्य शीर्ष दुई, आज एकै समयमा दुई खेल हुँदै
काठमाडौँ- सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत ११ औँ चरणको अन्तिम दिन आज (बिहीबार) दुई खेलहरू हुँदैछन् । दुवै खेल दिउँसो १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् ।
त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चाहन्छ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ ।
मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा छ । एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
जारी लिगमा दुई खेल बाकी रहदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया