सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

इन्टरविरुद्ध लिभरपुलको जित

काठमाडौँ- इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ ।

इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेको हाे । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गाेल गरे ।

याेसँगै लिभरपुलले तीन अंक जोडेको छ । 

दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो  । रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो । 

अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।