मेची-महाकाली उध्दार समितिको टोली सुर्खेत आउने

सुर्खेत : मेची–महाकाली उध्दार अभियानको टोली सुर्खेत आउने भएको छ । सडक मानव रहित अभियान सञ्चालनको लागि ४० जनाको टोली बिहीबार सुर्खेत आउन लागेका हुन् । बुधबार बिहान सुर्खेतस्थित मानव सेवा आश्रमले पत्रकार सम्मेलनको आयोजनागरी कर्णालीका सडक मानवको अवस्थाको अवलोकन गर्ने जनाएको छ । उद्धार समितिको टोलीले माघ दुई गते ‘आमा सेमिनार’को आयोजना गरिनेछ ।
जसमा बुवाआमाप्रतिको सन्तानको दायित्वका विषयमा छलफल गरिनुका साथै सडकमा मानव नआउने वातावरणको सिर्जना गर्नको लागि पहलसमेत गरिनेछ । उक्त टोलीले यहाँका सडकमा आश्रित मानवको अवलोकन गर्नुका साथै उनीहरूलाई उद्धारसमेत गर्ने मानव सेवा आश्रमका जिल्ला संयोजक संचिता गौतमले जानकारी दिइन् ।
‘मेचिको काँकडभिटाबाट पुस ७ गतेबाट सुरु गरिएको यो अभियान महाकालीसम्म पुग्छ’ उनले भनिन्, ‘उहाँहरुले सडकमा देखिएका मानवलाई उद्धार गर्दै नजिक रहेका आश्रममा राख्नुहुन्छ ।’ त्यसैगरी मानव सेवा आश्रम सुर्खेतमा अहिले ६६ जना व्यक्तिहरू आश्रित रहेका छन् । उनीहरूलाई कर्णालीका विभिन्न जिल्लाका सडकपेटीबाट उद्धार गरेर राखिएको हो ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया