शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

कस्तो रहला आजको मौसम ?

काठमाडाैँ - हाल देशमा पश्चिम न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ काे पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ । साे प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

बाँकी भूभागमा माैसम सामान्य रहनेछ । शुक्रबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।