समाजवादी प्रेस संगठनको प्रदेश अध्यक्षमा पोखरेल

विराटनगर – नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठनको प्रदेश १ समितिको अध्यक्षमा बन्धु पोखरेल चयन भएका छन् ।यसअघि प्रदेश तदर्थ समितिको अध्यक्ष तोकिएका पोखरेललाई बुधबार विराटनगरमा सम्पन्न प्रथम प्रदेश भेलाले सर्वसम्मत रुपमा अध्यक्ष बनाएको हो । पोखरेल प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रेस सल्लाहकार हुन् ।
उनको अध्यक्षतामा १७ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ । प्रदेश कमिटीको दुई उपाध्यक्षमा राजेन्द्र पोखरेल र ज्ञानु घिमिरे, सचिवमा भोला श्रेष्ठ, तीन सहसचिवमा राजकुमार दाहाल, राजकुमार खाती, सुखिलाल चौधरी र कोषाध्यक्षमा रंगिता गजमेर चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अनिता भट्टराई, जय राई, शान्तिराम नेपाल, पप्पु यादव, मुस्ताक आलम, स्वर्णिमहाङ फोम्बो, किशोर उपरकोटी, रविन्द्र चौधरी र खेम दाहाल रहेका छन् । संगठनको केन्द्रीय कमिटीबाट यसअघि पदाधिकारीमात्रै तोकिएको थियो ।
त्यसैगरी प्रदेश भेलाले ध्रुव भट्टराईको अध्यक्षतामा मोरङ जिल्ला कमिटीलाई पनि पूर्णता दिएको छ । उपाध्यक्षमा सन्तोष राजवंशी, सचिवमा उत्तम पोखरेल, सहसचिवद्वय मिलन अधिकारी र छविराज ढकाल तथा कोषाध्यक्षमा विमला रेग्मी सर्वसम्मत चयन भएका छन् । संगठनको सदस्यहरुमा टिकाप्रसाद गौतम, प्रदीप काफ्ले, कविता कोइराला, यसोदा कार्की, पार्वति कटुवाल, विना ढुंगेल, रिया खड्का, निर्मला ढुंगाना, स्वस्तीका भट्टराई, विवेक न्यौपाने र निरज मल्ल चयन भएका हुन्।
संगठनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी, उपमहासचिव रामकुमार एलन, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, प्रेस सेन्टर प्रदेश १ का बरिष्ठ उपाध्यक्ष नवराज कट्टेल, प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत लगायतले भेला सफलताको शुभकामना दिएका थिए ।

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

पत्नीको कुटाइबाट पतिको मृत्यु

माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापन समारोह सम्पन्न

प्रतिक्रिया