काठमाडौँमा नक्कली नाेट बरामद, चार जना पक्राउ

काठमाडौँ – महानगरीय अपराध महाशाखाले नेपाली नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रौतहट गौर घर भई हाल काठमाडौँ बस्ने २८ वर्षीय पृथ्वी प्रसाद साह, २७ वर्षीय मोहम्मद मुसरफ अली, ३० वर्षीय असरफ अली सहिद र २८ वर्षीय महमद शम्साद आलम रहेका छन्।
बुधबार दिउँसो काठमाडौँ महानगरपालिका-१६स्थित मेडिकल चोक एरियामा केही ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको महाशाखाले जनाएको छ।

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

पत्नीको कुटाइबाट पतिको मृत्यु

माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापन समारोह सम्पन्न

प्रतिक्रिया