एमसीसीकाे विराेध प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप (फाेटाे फिचर)

काठमाडौँ - एमसीसीको विरोधमा विभिन्न दलले बिरोध प्रदर्शन गर्दा बुधबार काठमाडौँको नयाँ बानेश्वर तनावग्रस्त भएको छ ।
एमसीसीको विरोध गर्दै बानेश्वरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेमकिपा, राप्रपा लगाएतका दलले विरोध प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ढुङ्गामुडा समेत भएको थियो भने प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको थियो ।
त्यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रण लिएको छ। एमसीसीको विरोध गर्दै विभिन्न दलका कार्यकर्ताले संसद भवनलाई चारैतिरबाट घेरेका थिए । विरोध प्रदर्शनका कारण बुधबार सो क्षेत्रको यातायात पूर्ण रुपमा अस्तव्यस्त बनेको थियो । यसअघि कांग्रेसले एमसीसीलाई सदनमा अघि बढाउने निर्णय गरेको थियो ।
तर बुधबार प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा गठबन्धनमा छलफल गरेर मात्र यस विषयमा निर्णय गर्ने सहमति भएको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया