बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

अष्‍ट्रेलियामा अध्ययनरत युवतीको चरित्र हत्या गर्ने २५ वर्षीय श्रेष्‍ठ पक्राउ

फाइल तस्बिर

काठमाडौँ- अष्‍ट्रेलियामा अध्ययनरत युवतीको फेसबुक फेक आइडी बनाइ चरित्र हत्या गरेको आरोपमा रुपन्देहीका एलिस श्रेष्‍ठ पक्राउ परेका छन् । उनले फेसबुकमा अश्लिल तस्बिर, अश्लील भिडियो र अश्लील स्टाटस अपलोड गरी पीडित युवतीको आफन्तलाई पठाइ चरित्र हत्या गर्ने गरेका थिए ।

बुटवल उपमहानगरपालिका ११ देवीनगरका २५ वर्षीय श्रेष्‍ठलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले जिल्ला अदालत काठमाडौँबाट म्याद थपी अनुसन्धान गरिरहेको साइबर ब्युरोका प्रवक्ता नविन्द्र अर्यालले जानकारी दिए ।