शंकास्पद व्यक्ति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलको निवासमा पस्न खोजेपछि...
नयाँ दिल्ली - भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको आवासमा एक अज्ञात व्यक्ति जबरजस्ती पस्ने प्रयास गरेका छन् । एउटा कारमा आएका एक अपिरिचित व्यक्ति डोभलको निवासमा जबरजस्ती पस्न खोजेका हुन् ।
जबरजस्ती निवासमा जाने क्रममा उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो । उनलाई दिल्ली प्रहरीको विशेष सेलले अनुसन्धान गरिरहेको छ । उनले भाडामा लिएको कार चलाएको प्रहरीले जनाएको छ ।
आफूभित्र कसैले चिप जडान गरेको र नियन्त्रण गर्ने प्रयास गरिरहेको अनुसन्धानका क्रममा उनले प्रहरीलाई बताएका छन् । उनको दाबी झुट भएको प्रहरीले पत्ता लगाएको छ र उनी मानसिक रुपमा विक्षिप्त भएको बताइएको छ ।
‘प्रारम्भिक अनुसन्धानमा उनी मानसिक रुपमा विचलित भएको देखिन्छन्,’ दिल्ली प्रहरीले भनेको छ ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया