साढे ९ केजी अफिमसहित एक पक्राउ

कञ्चनपुर–कञ्चनपुरस्थित प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले ९ केजी ३ सय ग्राम लागुऔषध अफिम बरामद गरेको छ। अफिमसहित मकवानपुर राक्सीराङ गाउँपालिका ४ का सुजन मोक्तान पक्राउ परेका हुन् ।
जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ रंगपुर बजारमा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको पल्सर मोटरसाइकललाई रोकी जाँच अफिम फेला परेको प्रहरीेले जनाएको छ । उक्त मोटरसाइकलमा पछाडि सवार मोक्तानले भिरेको कालो ब्यागभित्र सेतो प्लाष्टिकको झोलामा लागु औषध अफिम जस्तो देखिने लेदो पदार्थ फेला परेको जिल प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ओमपकश खनालले बताए ।
मोटरसाइकलसहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको व्यहोरा प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया