भन्सार छली ल्याएका करिब साढे ८ लाखको औषधि बरामद
झापा- झापाको कचनकवल गाउँपालिका–१ कुट्टिबाट भन्सार छली ल्याएको करिब ८ लाख ४१ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका औषधिहरू प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी कुट्टिबाट सोमबार खटिएको प्रहरी गस्ती टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका २ जना पुरुषले साथमा रहेको प्लाष्टिकका बोराहरू फाली फरार भएका थिए ।
प्रहरीले बोराहरू जाँच गर्दा विभिन्न औषधिहरू फेला पारी बरामद गरेको हो ।
बरामद औषधिहरू सम्बन्धित कार्यालयलाई बुझाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया