रिलिजको दुई दिन अघि ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर

काठमाडौं : माघे संक्रान्तिको अवसर पारेर बिहीबारबाट ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदैछ । तर, फिल्मको ट्रेलर दुई दिन अघि मात्र सार्वजनिक भएको छ । दुई हप्ता अघि ट्रेलर सार्वजनिक कार्यक्रम राखेर पनि निर्माण टिमले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन ।
सार्वजनिक ट्रेलरमा गीत र एक्सनलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा एउटा पनि संवाद अटाएका छैनन् । यसले फिल्म झैं ट्रेलर पनि हतारमा निर्माण गरेको देखिन्छ । ट्रेलरमा सबै कलाकारलाई अटाउने प्रयास पनि गरिएको छ ।
फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा सुष्मा कार्कीले एउटा आइटम गीत गरेकी छिन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया