एमसीसी आज संसद्मा टेबल नहुने

काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एमसीसी आज संसद्मा टेबल नगर्ने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको । बालुवाटारमा अहिले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ ।
यसअघि प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी थियो । माओवादीले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ । सरकारमा रहेको नेकपा एकीकृत समाजवादी पार्टी पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा छ । कांग्रेसले भने एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया