मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

जबरजस्ती एमसीसी संसद्‍मा टेबल भए माओवादीले विपक्षमा मतदान गर्ने

फाइल तस्‍बिर

काठमाडौँ - माओवादी एमसीसीको विपक्षमा उभिने काठमाडौँ नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने भएको छ । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी विपक्षमा उभिने निर्णय गरेको हो । माओवादी प्रमुख सचेतक देव गुरुङले संशोधन, परिमार्जन र राष्ट्रिय सहमति नगरी अगाडि बढाउन नसकिने बताए । ‘राष्ट्रिय सहमति जुट्नुपर्छ । संशोधन, परिमार्जन र राष्ट्रिय सहमतिविना अगाडि बढाउन सकिँदैन,’ उनले भने, ‘अहिले सदन अवरुद्ध छ । राष्ट्रिय सहमतिको लागि पहल गर्नुपर्छ । जबरजस्ती संसद्‍मा लिएर आए विपक्षमा मतदान गर्छौँ ।'