बन्द गराउँदै हिँडेका १३ जना काठमाडौँबाट पक्राउ

काठमाडौँ - नेपाल बन्द सफल पार्न विभिन्न गतिविधि गर्दै हिडेका १३ जनालाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ । उच्छ्ङ्खल गतिविधीमा संलग्न रहेको भन्दै १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरीले जानकारी दिएको हो ।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज देशव्यापी बन्दको आह्वान गरेका छन् ।
बन्दलाई असफल बनाउन र शान्ति सुरक्षा कायम गर्न सडकमा ठूलो संख्यामा प्रहरी खटाइएको छ । यस्तै सवारी साधन निर्बाध सञ्चालन गर्न महानगरिय ट्राफिक प्रहरी महाशाखाले चालकहरुलाई अनुरोध गरेको छ ।

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

पत्नीको कुटाइबाट पतिको मृत्यु

माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापन समारोह सम्पन्न

प्रतिक्रिया