दाहाल–नेपाल निकट अनेरास्ववियूले गर्यो संविधान वाचन(फोटो फिचर)

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ । बुधबार नेकपा दाहाल–नेपाल पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध संविधान वाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको हो ।
कार्यक्रममा बोल्दै अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीको लागि गैरसंवैधानिक कदम चालेको बताए । संविधानको सहि व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरूले न्यायाधिशहरूलाई बाटो छेकेर संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीको कदम संवैधानिक हो भन्ने प्रश्न गर्नुपर्ने उनको भनाइ छ ।
अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरुद्धमा निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ । असंवैधानिक कदम नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियूले जनाएको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया