मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

एमसीसीविरुद्ध माइतीघरदेखि बानेश्वरसम्म सात कार्यक्रम : पालो पाउनै धौ-धौ

फाइल तस्‍बिर

काठमाडौँ - अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज राजधानी काठमाडौँको माइतीघरदेखि संसद् भवन रहेको बानेश्वर चोकसम्म सात वटा कार्यक्रम राखिएको छ । सरकारले आज हुने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भवना बढेपछि विरोधका कार्यक्रम राखिएका हुन् । विभिन्न राजनीतिक दल, भातृ संगठनहरूले विरोध कार्यक्रमको आयोजना गरेका छन् । विरोध कार्यक्रमका कारण माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्ड दिनभरी प्रभावित हुने देखिएको छ । 

एकैदिन धेरै पार्टी तथा भ्रातृ संगठनले विरोधक कार्यक्रम राखेपछि उनीहरूको कार्यक्रमको समय पनि जुधेको छ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी )र वाइसीएल नेपालले यथास्थितिमा एमसीसी टेवल गर्ने कदम बिरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम राखेको छ । नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि विहान ११ बजे विरोध कार्यक्रम गरिने अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएलले जनाएका छन् ।

एमसीसी विरुद्ध जनआन्दोलन २०७८ ले एमसीसी सम्झौता विरुद्ध माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगि संसद् भवन घेराउ गर्ने कार्यक्रम रोखको छ । यो कार्यक्रम पनि बिहान ११ बजे माइतघर मण्डलाबाट सुरु हुने जनाइएको छ ।

पूर्व सुरक्षाकर्मी परिषद र नेपालका लागि नेपाली पार्टीले एमसीसीको विरोधमा मौन जुलुसको आयोजना गरेको छ । मौन जुलुस बिहान साढे ११ बजे माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ । 

हाम्रो नेपाल हामी नेपाली अभियानले पनि एमसीसीविरुद्ध विरोध प्रदर्शन आयोजना गर्दैछ । मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट अभियानले विरोध प्रदर्शन सुरु गर्ने जनाएको छ । 

राप्रपाका भातृसंगठनहरूले एमसीसीविरुद्ध बृहत विरोध प्रदर्शन गर्ने जनाएका छन् । मध्यान्ह १२ बजे बबरमहलमा जम्मा भइ संसद्भवन नयाँ बानेश्वरसम्म नारा लगाउँदै जाने उनीहरूको कार्यक्रम छ ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी सम्झौता विरुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शनको कार्यक्रम राखेको । कार्यक्रम मध्यान्ह १२ बजेत सुरु हुने जनाइएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसीको बिरोधमा संसद् भवन घेराउ गर्ने कार्यक्रम राखेको छ ।