सानदार जितसँगै म्यानचेस्टर सिटी क्वाटरफाइनल नजिक

काठमाडौँ- पोर्चुगलको स्पोर्टिङ सीपीविरूद्धको ५-० अन्तरको जितसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक रहेको छ ।
बुधबार बिहान भएको पहिलो लेगको नतिजासँगै सिटी प्रि क्वाटर फाइनलमा सहज जिततर्फ उन्मुख भएको छ । सिटीको जितमा बर्नाण्डो सिल्भाले दुई तथा रियाद मेहराज, फिल फोडेन र रहिम स्टर्लिङले एक- एक गोल गरे ।
सुरुआती मिनेटबाटै अट्याकिङ गेम खेलेको सिटीले सातौं मिनेटमै अग्रता बनाएको थियो । उसले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा एक गोल गरेकाे हाे ।
अब दोस्रो लेग २२ मार्चमा सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया