रोनाल्डोको गोलमा युनाइटेड शीर्ष चारमा उक्लियो
काठमाडौं - ब्राइटनविरूद्ध २-० अन्तरको जितसँगै म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ । बुधबार बिहान भएको खेलमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजको गोलसँगै १२औं जित निकालेको युनाइटेड शीर्ष चारमा उक्लिएको हो ।
१० खेलाडीमा सिमित ब्राइटनविरूद्ध रोनाल्डोले ५१औं मिनेटमा अग्रता दिलाए । ब्रुनोले ७ मिनेटको इन्जुरी समयमा गोल थप्दै घरेलु मैदानमा सहज जित दिलाए । खेलको ५४औं मिनेटमा लेविस डुन्कले रातो कार्डको सामना गर्दा भ्रमणकारी टोली ब्राइटन १० खेलाडीमा सीमित रह्यो ।
जितसँगै युनाइटेड २५ खेलबाट ४३ अंक सहित चौथो स्थानमा उक्लियो । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ । २५ खेलबाट ६३ अंक बनाएको सहरी प्रतिद्वन्दी म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया