चाेरीकाे माेटरसाइकलसहित नाबालक पक्राउ

जनकपुरधाम – वडाध्यक्षको सरकारी मोटरसाइकल चोरी गरेको आरोपमा एक नाबालकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ बस्ने श्याम यादव (नाम परिवर्तन) रहेका छन् ।
आरोपित नाबालकले धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ स्थित ठाडीका वडा अध्यक्ष विनोद गोईतमान चढ्ने प्रदेश २–०२–००१ ब. ००३१ नम्बरको सरकारी पल्सर मोटरसाईकल आफ्नो घरमा पार्किंग गरी राखेका थिए ।
माेटरसाइकल चोरी भएको सूचना पाएलगत्तै प्रहरीले मोटरसाइकल खोज तलास गर्ने क्रममा खटिएको अनुसन्धान टोलीले यदुकोहास्थित भट्टी चोकबाट मोटरसाइकलसहित चोरी गरेको आरोपमा नाबालकलाई पक्राउ गरेकाे हाे ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया