मुख्यमन्त्री कार्यालयअगाडि अखिलको प्रर्दशन
सगरमाथाको विषयमा भ्रमात्मक प्रचार गरेको भन्दै जि मिडियाविरुध्द नाराबाजी

बुटवल : सरकारले प्रतिनीधि सभा विघटन गरेको विरोधमा बुधबार पनि बुटवलमा मुख्यमन्त्री कार्यालयअगाडी प्रदर्शन गरिएको छ । नेकपा दाहाल–नेपाल समूहको अनेरास्ववीयूले मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको हो ।
सगरमाथाको विषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मिडिया जी न्युज नेपालमा बन्द गर्नुपर्ने मागसमेत विद्यार्थीहरूले गरेका छन् । जिल्ला कमिटी रुपन्देहीको आयोजनामा बुटवलस्थित मुख्यमन्त्रीको कार्यालयअगाडि विद्यार्थीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य अनुप पोखरेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली भारतीय इशारामा चलेको प्रस्ट देखिएको छ । नेपालको प्रधानमन्त्री भन्न पनि लाज लाग्न थालेको छ ।’ जसले नेपालको अखण्डतामाथि धावा बोल्यो तिनै सुधीर चौधरी र जी न्युज टिमलाई बोलाएर प्रधानमन्त्रीले शीर झुकाउने काम गरेको उनको आरोप छ ।
‘बालुवाटारमा हामीले तिरेको करबाट भोज खाएका चौधरीले सगरमाथा बेस क्याम्प पुगेर नेपाल र नेपालीको स्वाधिनतामाथि मिडियामार्फत् आक्रमण गरेका छन्,’ उनले भने । विद्यार्थीहरूले नेपालको भौगोलिक अखण्डताविरुद्ध बोल्ने अधिकार कसैलाई नभएको बताए । उनीहरूले प्रतिनिधि सभा बिघटन खारेज गर, संविधान मिच्न पाइदैन, असंवैधानिक कदम खारेज गर, महँगी तथा भ्रष्टाचार अन्त्य गर, संविधान कुल्चिनु पाइदैन, जनमतको अपमान गर्न पाईदैनलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

प्रतिक्रिया