हुस्सुले भैरहवामा तीन दिनदेखि उडान अवरुध्द

बुटवल : बाक्लो हुस्सुका कारण भैरहवाको गौतमबुद्ध विमानस्थलबाट आइतबार यता कुनै उडान हुन सकेको छैन । हुस्सु र कुहिरोले भिजिबिलिटी कम हुँदा उडान अवरुद्ध भएको हो ।
उडानको लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्दछ । भैरहवा काठमाण्डौ नियमित रुपमा दैनिक १२ उडान हुने गर्दछ । बुद्ध एयरको ७, यतीको ३, सौर्य र श्री एयरलाइन्सको एक एक उडान हुने गर्दछ । आकास नखुल्दा कुनै पनि उडान हुन नसकेको हो । जसका कारण यात्रुहरू मर्कामा परेका छन् ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ । विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

प्रतिक्रिया