शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

फ्रान्समा आगलागीमा सात जनाको मृत्यु

फाइल फाेटाे

काठमाडाैँ- दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन् ।

 फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो ।आगो भुइँ तल्लामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूलाई असर गरेको थियो ।

आगलागीमा परी करिब ३० जना घाइते भएको बताइएको छ । मन्त्रीका अनुसार घटना बारे अनुसन्धान थालिएको छ ।