भोलिको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा छैन एमसीसी

काठमाडौँ : भोलि बुधबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी राखिएको छैन । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित तीन वटा कार्यसूचीमा एमसीसी उल्लेख छैन ।
महासचिव भरतराज गौतमद्वारा सार्वजनिक गरिएको कार्यसूचीमा एमसीसी नराखिएपछि बुधबारको बैठकमा पनि एमसीसी पेश हुने विषयमा अन्योलता थपिएको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी पेस गरेर पारित गर्ने निर्णय गरेको थियो ।
तर कार्यसूचीमा एमसीसी नराखिएपछि भोलिको बैठकमा पनि पेश हुने विषय अन्योलमा परेको हो । बुधबारको बैठकको कार्यसूचीमा शोक प्रस्ताव पारित गर्ने तयारी छ । यद्यपी, नयाँ कार्यसूचीमा एमसीसी समेटिने सम्भावना भने कायमै छ ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया