६८० संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडाैँ – नेपालमा मंगलबार ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार २ सय ५६ पिसिआर परिक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ८ सय ३९ एन्टीजेन परिक्षणका क्रममा १ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ८ सय ३५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४२ हजार ७ सय ३७ जना निको भएका छन् । हाल नेपालमा १९ हजार ४ सय सक्रिय संक्रमित आइशोलेशन र १ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया