शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

गौतमबुद्ध विमानस्थलमा फागुन ६ गते परीक्षण उडान

फाइल फोटो

बुटवल : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान क्यालिब्रेसन फ्लाईट हुने भएको छ । राष्टिय गौरवको आयोजनाका रुपमा रहेको  उक्त  विमानस्थलमा १० दिनसम्म सो उडान  सञ्चालन हुन लागेको हो । 

प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड एरो थाईले पाएको छ । एरो थाइको जहाज फागुन ५ गते काठमाडौँस्थित त्रिभुवन अन्तरराष्टिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौँबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ ।

गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ ।  उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । परीक्षण उडान पश्चात यो विमानस्थमा व्यवसायिक उडान गर्ने तयारी गरिएको छ । रासस