प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै बारको प्रदर्शन
काठमाडौँ - न्यायलयको शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि विरोध प्रदर्शन गरेको छ ।
यसअघि सर्वोच्च परिसरमा विरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधीश राजीनामा देउ भन्दै कालोपट्टीसहित विरोध गरिएको बारले जनाएको छ ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रतिनिधिसभामा महाभियोगमाथिको प्रस्तावमाथि छिटो छलफल हुनुपर्ने र उचित निकास निस्कने विश्वास गरेको बताए । न्यायपालिकाको पहरेदारको भूमिका बारले निभाएको भन्दै उनले आागमी दिनमा पनि न्यायलयको शुद्धीकरणका लागि निरन्तर कार्यक्रम गर्ने बताए ।
उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने बताए ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया