उपकुलपतिका सल्लाहकारलाई पदबाट हटाइयो

कर्णाली : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहका सल्लाहकार हरिप्रकाश चन्दलाई पदबाट हटाइएको छ । विश्वविद्यालयको यही पौष २२ गते बसेको कार्यकारी परिषद्को बैठेकले सल्लाहकार चन्दलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
उपकुलपतिका सल्लाहकार चन्दले उपकुलपतिको नियमित सम्पर्कमा नभई मनोमानी ढंगले काम गरेको बन्दै पदमुक्त गरिएको उपकुलपतिको कार्यालयले जनाएको छ ।
लामो समयसम्म बिना जानकारी मनोमानी ढंगले काम गर्ने गरेको, संस्थागत हितभन्दा व्यक्तिगत स्वार्थ देखिने कार्य गर्ने गरेको र पदीय आचरणभित्र नरहेको र बारम्बार सामाजिक सञ्जालमा मनोमानी हिसाबले लेख्न थालेपछि पदमुक्त गरिएको उपकुलपतिको कार्यालयले जनाएको छ ।
पौष २२ गतेदेखी लागु हुने गरी सल्लाहकार पदबाट चन्दलाई हटाइएको छ । उपकुलपतिको सम्पर्क कार्यालयले फेसबुक पेजमार्फत चन्दलाई अबदेखि कार्यालयसँग सम्बन्धित कामको प्रयोजनका लागि सम्पर्क नगर्न नगराउन पनि सूचित गराएको छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया