दरखोला दोस्रो जलविद्युत् आयोजना ६ महिनापछि सुचारु
गलेश्वर- पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा भदौदेखि अवरुद्ध भएको जलविद्युत् आयोजना ६ महिनापछि सञ्चालनमा आएपछि स्थानीयवासी खुसीले दङ्ग परेका छन् ।
दरखोलामा गत भदौमा आएको बाढीले बगाएको दरखोला दोस्रो जलविद्युत् आयोजना ६ महिनापछि पुनः सुचारु भएको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङको लघुजलविद्युत् परियोजना ६ महिनापछि सुचारु भएको हो । ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत् गृह, बाँध र कुलो पहिराले बगाएपछि विद्युत् आपूर्ति बन्द भएको थियो । लघुजलविद्युत् परियोजनाको संरचना मर्मतपछि सुचारु भएको हो । जलविद्युत् आयोजना पहिरोले बगाएपछि गाउँ अन्धकार बनेको थियो।
परियोजना पुनःनिर्मााण गर्न गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत १० लाख गरी २२ लाख रुपैयाँ प्राप्त भएको परियोजना पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले बताए । गत पुस महिनाबाट परियोजना मर्मतको काम थालिएको थियो । मर्मतपछि परीक्षण गरिएकोमा सफल भएको उनले बताए।
बत्ती बलेपछि टुकीकोभरमा विद्यार्थीले पढ्नुपर्ने बाध्यता हटेको स्थानीयवासी भक्तबहादुर सिञ्किजा पुनमगरले बताए । विद्युत् सेवा सुचारु भएपछि गाउँमा रहेका कुटानीपिसानी गर्ने मिल, फर्निचर उद्योगका साथै विद्यार्थीको पठनपाठनमासमेत सहज भएको छ ।
अन्धकारमय बनेपछि सोलार र टुकीका भरमा बसेका स्थानीयवासी उत्साहित भएका छन् । २०७६ मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ८५ लाख ९७ हजार, जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त रु ५ लाख तीन हजार गरी एक करोड ७४ लाखको लागतमा परियोजना निर्माण गरिएको थियो ।
लमसुङस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाएको थियो । विद्युत् आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङलगायतका ३५४ परिवार प्रभावित भएका छन् ।
विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत्गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो । गाउँपालिकाको रु ५० लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८६ लाख तथा स्थानीयवासीको श्रमदानमा उक्त परियोजना निर्माण गरिएको हो ।
बाढीले रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । परियोजना पुनःनिर्माणका लागि गाउँपालिकाले रु १० लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रु १० लाख विनियोजन गरेको थियो । मर्मतपछिको अवस्थाको गाउँपालिका अध्यक्ष थमसरा पुन सहितको टोलीले निरीक्षण समेत गरे।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_LysmaNlpP3_wtuyrormlpkilk8vdfuzyzndvtvihd7zclxw04yhkaofafo1if6g77jabog2.jpg)
प्रतिक्रिया