निलम्बित प्रधानन्यायाधीशको तस्बिर हटाउँदै-राख्दै

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाअभियोग दर्ता भएसँगै आइतबार दिउँसो वेभसाइटमा राखिएको सर्वोच्च अदालतका न्यायाधीशको सूचीबाट नाम र तस्बिर दुवै हटेका थिए । राणाको तस्बिर हटाएर कामु प्रधानन्यायाधीश दीपकुमार कार्कीको तस्बिर राखिएको थियो ।
तर, मंगलबार फेरि राणाको नाम र तस्बिर दुवै राखिएको छ । अर्थात्, सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र कामु प्रधानन्यायाधीश दुई जना रहेको देखाउँछ । ‘महाअभियोग दर्ता भएपछि प्रधानन्याधीशको फोटो वेभसाइटबाट हटाइएको थियो, तर निलम्बित अवस्थामा हटाउनु ठीक होइन भन्ने गुनासा आएपछि फेरि राखिएको छ’ सर्वोच्चका एक अधिकारीले इकागजसँग भने । सर्वोच्चको वेभसाइटभित्रको न्यायाधीशहरूको सूचीमा मात्रै राणाको तस्बिर राखिएको छ भने बाहिर कामु कार्कीको तस्बिर छ ।
राणाविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया