हिमालयन एयरलायन्सद्वारा साउदीको उडान पुनः सुचारु

काठमाडौँ- हिमालयन एयरलायन्सले साउदी अरबको पुनः उडान सुचारु गरेको छ । फेब्रुअरी ९ देखि १२ सम्म दमाम र रियादका लागि एयरलायन्सले उडान स्थगित गरेको थियो ।
साउदी सिभिल एभिएसनले उडान अनुमति दिएपछि नियमित फेब्रुअरी १३ देखि सुचारु भएको हो । एयरलायन्सले ९ र १० तारिकका दिन विमानस्थल पुगेका यात्रुले टिकटको रकम फिर्ता गरेको र आवासको व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराएको थियो ।
हिमालय एयरलायन्यसले बिक्री कार्यालयमा फेब्रुअरी १० का लागि अग्रिम टिकट बुक गरेका यात्रुहरूले रकम फिर्ता र टिकट रिसेड्युलिङ्ग गर्न सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
एयरलायन्सका उपाध्यक्ष, विजय श्रेष्ठले स्पष्ट भने ,' हामीले यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका थियौं र साउदी सिभिल एभिएसनसँग पनि समस्या समाधान गर्ने प्रयास गरिरहेका थियौं । '

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

प्रतिक्रिया