अटोरिक्सा सेती नदीमा खस्दा एक जनाको मृत्यु

दीपायल : डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका - ८ तिलताली नजिक अटो रिक्सा सडकबाट दुर्घटना भएर सेती नदिमा खस्दा शिखर नगरपालिका - ३ का ५३ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको हो ।
७ जना यात्रु बोकेर बानेडुग्रीसैनबाट दिपायल जादै गरेको अटो बुधबार राति ८ बजे दुर्घटनामा परेको हो । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ ।
घाइते हुनेमा शिखर नगरपालिका - ३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दिपक जोरा, ४० वर्षीय जीत जोरा र सोही ठाउँका १७ वर्षीय नरेश पार्की रहेको प्रहरीले जनाएको छ । अटो रिक्सा दुर्घटनाको कारण खुलेको छैन् ।
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

प्रतिक्रिया