अदालतले आदेश दिए पनि महानिर्देशक क्षेत्रीले पाएनन् हाजिर गर्न

काठमाडाैँ – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुगेका छन् । सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक क्षेत्रीले कार्यालयमा हाजिर भने गर्न नपाइ फर्किएका छन् ।
डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर उनी प्राधिकरण महानिर्देशकको कार्यकक्षमा पुगेका थिए । तर महानिर्देशक क्षेत्रीले अदालतले आदेश दिए पनि प्राधिकरणका कानुन अधिकृतले महान्यायाधीवक्ताको कार्यालयबाट थप ब्याख्या हुनु पर्ने भन्दै हाजिर गर्न नदिइएको बताए ।
उनले प्राधिरकणको ऐनमा स्पष्ट महानिर्देशकको कार्यकाल ४ वर्ष हुने भएकाले आफूले चार वर्ष महानिर्देशक हुन पाउनु पर्ने माग राखेर अदालत गएको बताए । सोमबार कार्यालयमा हाजिर गर्न नपाए पनि वकिलहरुसँग छलफल गरेर मंगलबार कार्यालयमा हाजिर गर्ने बताए ।
महानिर्देशक क्षेत्रीले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय गरेर गत कात्तिकमा ८ गते नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएको थिए । तर, ५८ वर्षको उमेर हद लगाएर पुस २३ गते प्राधिकरणबाट अनिर्वाय अवकाश दिइयो । मेरो जिकिर के हो भने महानिर्देशकको पद चार वर्षको हुन्छ । हाम्रो ऐनमा प्रष्ट व्यवस्था छ, चार वर्षको लागि मैले चार वर्ष नै कार्यकाल कायम गरि पाउँ भनेर मैले सर्वोच्च अदालतमा मुद्धा हाले र सर्वोच्च अदालतले नहटाउन आदेश दियो । आदेश दिएता पनि मन्त्रालयले मलाई हाजिर गराएनन् । मैले पुनः निवेदन दिएपछि स्टेण्डर दिएको छ । आज म हाजिर गर्न आएको थिए । प्राधिरकणका साथीहरुले अलिकति यसलाई महान्यायाधीवक्ता कार्यालयबाछट ब्याख्या गर्नुपर्छ भनेर लम्ब्याई दिनुभयो । मैले आज हाजिर नगरी हिडेको छु । मेरो वकिलहरुसँग म सल्लाह गछु । वकिलहरुले जे गर्नु हुन्छ त्यो गर्छु । अब आउने ९ गते दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको छ । सम्मानित सर्वोच्च अदालतले जे निर्णय गर्दछ त्यो हामीले स्वीकार गर्नुपर्छ । म वकिलहरुसँग सल्लाह गरेर भोली हाजिर गर्न आउँछु । सर्वोच्चले आदेश दिएपछि पनि मन्त्रालयले केही कुरा घुमाइ दिएको हो की भन्ने भएको छ ।’
महानिर्देशक क्षेत्रीले आगामी फागुण ९ गते अदालतमा दुबै पक्षलाई बोलाएकाले अदालतले जे निर्णय गर्छ त्यो आफूलाई स्वीकार हुने बताए। आइतबार सर्वोच्च अदालतले प्राधिकरणको महानिर्देशकबाट राजकुमार क्षेत्रीलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सरकारले क्षेत्रीलाई हटाएर महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया