शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

'धनगढीले खेलकुदसँगै विकासमा समेत फड्को मारिसकेको छ'

कैलाली – धनगढीले खेलकुदसँगै विकासको समेत फड्को मारिसकेको उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताएका छन् । धनगढीमा आजदेखि सुरु भएको धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग ६ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कोभिड–१९ का कारण धेरै गतिविधिहरूलाई अगाडि बढाउन नसकेता पनि उपमहानगरपालिकाले विकासमा फड्को मारेको मेयर वडले बताए । उनले धार्मिक पर्यटनका क्षेत्रहरू, प्रत्येक वडामा खेलकुद मैदान लगायतका सडकहरु पिच गरिएको बताए । 

यस्तै मेयर वडले स्वास्थ्यका क्षेत्रमा थुर्पै कामहरू गरिसकेको बताउँदै उपमहानगरपालिकाले कोभिडमा गरेको कामको मुल्यांकन गर्दै राष्ट्रिय स्तरमा तीन वडा पुरस्कार समेत पाइसकेको बताए। 

त्यस्तै मेयर वडले राष्ट्रलाई चिनाउने, राष्ट्रको विकास र समृद्धिका लागि खेलाडीको महत्त्वपूर्ण  भूमिका रहने भएकाले उपमहानगरपालिका खेलकुद र खेलाडीको साथमा सधै रहने प्रतिबद्धता व्यक्त गरे । 

फागुन १४ गतेसम्म धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुने एलपीएल–६ आजदेखि सुरु भएको हो । प्रतियोगितामा काठमाडौं, कैलाली र कञ्चनपुरका गरी १० वटा विद्यालयको सहभागी रहेको आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।