वीरगञ्ज नाका हुँदै ६५ अर्बको इन्धन आयात

वीरगञ्ज - देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो ।
पेट्रोलियम पर्दाथअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा रु ६५ अर्ब ३७ करोड ५१ लाख मूल्य बराबरको १७ लाख आठ हजार ५२५े लिटर डिजल पेट्रोल, मट्टितेल तथा हवाई इन्धन आयात भएको छ।
यो समीक्षा अवधिको तुलनामा १०५ प्रतिशत बढी मूल्यको १४४ प्रतिशत इन्धन आयात भएको हो । कोरोना सङ्क्रमणका कारण गतवर्ष उद्योग व्यापार, यातायात, विकास निर्माण कार्य प्रभावित भएका कारण इन्धनको आयातमा कमी आएको थियो । चालू आवको पहिलो छ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएका आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए।
उनले गत आवको पहिलो छ महिनाको तुलनामा चालू आवको सोही अधिमा डिजल २२ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाई इन्धन तीन हजार २८८ प्रतिशत, खाना पकाउने ग्याँस १५ प्रतिशत बढी अयात भएको छ भने मट्टितेलको आयात ४० प्रतिशत कम भएको बताए।
गत आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट रु २३ अर्ब १० करोड ३४ लाखको पाँच लाख चार हजार ४१७ केल डिजल, रु सात अर्ब ४८ करोड २१ लाखको एक लाख ६४ हजार १६६ केल पेट्रोल, रु एक अर्ब पाँच करोड ९८ लाखको २६ हजार ११२ केल हवाई इन्धन र रु २४ करोड ६६ लाखको छ हजार १४० केल मट्टितेल आयात भएको थियो ।
चालू आवको सोही अवधिमा रु ४४ अर्ब ४१ करोड ८१ लाखको छ लाख १४ हजार ३४८ केल डिजल, रु १६ अर्ब १२ करोड नौ लाखको दुई लाख पाँच हजार २५२ केल पेट्रोल, रु चार अर्ब ४३ करोड २३ लाखको आठ लाख ८४ हजार ७६४ केल हवाई इन्धन र रु ३४ करोड ३७ लाखको चार हजार १६० केल मट्टितेल आयात भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए।
उनले गत वर्ष इन्धन आयातबाट रु २४ अर्ब ९७ करोड ७८ लाख राजस्व सङ्कलन भएको थियो भने चालू आवको छ महिनामा रु ३३ अर्ब ४९ करोड ७६ लाख सङ्कलन भएको बताए । त्यसै यहाँको नाका प्रयोग गरी खाना पकाउने एलपि ग्यासको आयात १५ प्रतिशत बढी भएको छ। गत आर्थिक वर्षको पहिलो छ महिनामा रु सात अर्ब ४९ करोड ४८ लाख मूल्यको एक लाख १९ हजार ७०० मेट्रिक टन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा रु १५ अर्ब २५ करोड ६३ लाखको एक लाख ३७ हजार ३७३ मेट्रिकटन ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ।

चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौँ पठाइयो

बजेटको प्रभावकारी कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ…

गण्डक जलविद्युत्को उत्पादन सुरु

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्यका हुने

चेम्बर अफ कमर्सद्वारा हीरक जयन्तीको लोगो सार्वजनिक

मुस्ताङमा बृहत् साइकल तथा घोडा र्याली उत्सव

कजारियाको नयाँ शोरूम सैनामैना रुपन्देहीमा उद्घाटन

प्रतिक्रिया