शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

कतार एयरवेजमा यात्रा गरे १० प्रतिशत छुट

काठमाडौं– सिईओ क्लव ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । सोमबार सिईओ क्लव ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झांैता पत्रमा हस्ताक्षर भएसँगै सिईओ क्लव ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । 

त्यस्तै कतार एयरवेजले पनि सिईओ क्लव ग्लोबलका सदस्य रहेका नेपालका उत्कृष्ट यात्रीहरुलाई सेवा दिन पाउने जनाइएको छ । सम्झौंता पत्रमा सिईओ क्लव नेपाल च्याप्टरका तर्फबाट डा. शम्भु पोखरेल र कतार एयरवेजका तर्फबाट सरिक बोगटीले हस्ताक्षर गरे।

सम्झौतापत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा बोल्दै सिईओ क्लव ग्लोबल नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत डा.शम्भु पोखरेलले सम्झौता भएसँगै क्लबका नेपाल भित्रका सदस्यहरुले मात्रै गन्तव्यसम्म पुग्नका लागि सो सुविधा पाउने बताए ।

सिईओ क्लव ग्लोबल अमेरिकाको न्यूयोर्कमा मुख्य कार्यालय रहेको संस्था हो। यस संस्थाको १०० भन्दाबढी देशमा नेटवर्क रहेको जनाइएको छ। निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरु, कूटनीतिक नियोगका प्रमुखहरु, उच्च सरकारी ओहोदाका व्यक्तिहरु सदस्य रहने यस क्लवमा विश्वभर १० हजार भन्दाबढी सदस्य रहेको बताइएको छ।