पोखरामा पहिलो आकाशे पुल
गण्डकी- पर्यटकीय नगरी पोखराको व्यस्त बजार सिर्जना चोकमा आकाशे पुल निर्माण सम्पन्न भएको छ । बढ्दो जनसङ्ख्या तथा सवारीसाधनको चाप दृष्टिगत गरी पोखरा महानगरपालिकाले सो पुल निर्माण गरेको हो।
पूर्व मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममा रु ५० हजार रकम विनियोजन गरेसँगै सो आकाशे पुल निर्माण कार्य सुरु गरिएको थियो। गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको पहिलो सो आकाशे पुल पूर्वाधार विकासको रकमसहित कूल दुई करोड १० लाख ३० हजार ७९९ को लागतमा निर्माण सम्पन्न भएको हो।
एक स्थानबाट आकाशे पुलमा चढेपछि चारैतिरबाट ओर्लन सुविधा पुग्ने स्टिल ट्रस ‘पेडेस्ट्रेन ओभरहेड’ प्रविधियुक्त सो पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनको माथिल्लो भागका सबै संरचना निर्माणका लागि स्टिल प्रयोग गरिएको छ।
पोखरा र आसपासका मुख्य पर्यटकीयस्थलका आकर्षक फोटो प्रदर्शनले सौदर्यकरण गरिएको उक्त आकाशे पुल पछिल्लो समय यात्रुलाई बाटो काट्न सहज पुग्नुका साथै टिकटक बनाउने र फोटो खिच्नेका लागिसमेत थप आकर्षण बनेको छ। महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि निर्माण कम्पनी केएम जेविएनएस पोखरा जेवीसँग सम्झौता भएको थियो। सो पुलको निर्माणकार्य २०७७ साउन महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेपनि तोकिएको समय भन्दा केही महिनापछि निर्माण सम्पन्न भएको थियो।
नवनिर्मित उक्त आकाशे पुलको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज उद्घाटन गर्दै पुलको उपयोगसँगै संरक्षणमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे। उनले मुख्य बजारका अन्य चोकमा पनि क्रमिक रुपमा आकाशे पुल निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए । उपप्रमुख मञ्जुदेवी गुरुङले पाँच वर्षको अवधिमा सीमित स्रोतसाधनका बाबजुद पनि महानगरले जनताका आधारभूत आवश्यकता पूरा गर्दै दीर्घकालीन योजना प्राथमिकताका साथ अघि बढेको बताइन्।
उक्त आकाशे पुल निर्माणसँगै ट्राफिक बत्तीकोसमेत व्यवस्था गरिनुपर्ने आवश्यकता औल्याउँदै पोखराका मुख्य बजार पृथ्वीचोक, महेन्द्रपुल, विरौटाचोक, राष्ट्रबैंकचोक, अमरसिंहचोक, सभागृहचोक लगायतका विभिन्न स्थानमा तत्काल आकाशे पुल निर्माण गर्नसके दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने सर्वसाधारणको सामूहिक धारणा रहेको छ।

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

प्रतिक्रिया