दक्ष चालक तयार गर्न उन्नत तालिम

काठमाडौं– दक्ष चालक तयार गर्न नेपाल प्रहरीले हलुका सवारी चालक उन्नत तालिम सञ्चालन गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहलाई तालिम प्रदान गरिएको हो ।
सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले उक्त तालिमको उदघाटन गर्दै सवारी साधनमा नयाँ प्रविधिको बारेमा जानकारी गराई थप दक्ष एवं कुशल चालक तयार गर्नु तालिमको लक्ष्य रहेको बताए।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ७ जना र प्रहरी जवान २९ जना गरी कूल ३६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए।

पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

रूकुमपश्चिममा पानी बोकेको मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चट्याङ लागेर बालकको मृत्यु

वडा कार्यालयका लागि निःशुल्क जग्गा प्रदान

प्रतिक्रिया