युट्युब पनि मेटाभर्समा प्रवेश गर्दै
काठमाडौँ- गुगलको युटुयुब पनि मेटाभर्समा प्रवेश गर्ने भएको छ । सन् २०२२ को लागि मेटाभर्सको योजना घोषणा गरेको हो। गुगलको स्वामित्वमा रहेको भिडियो प्लेटफर्मले वेब ३ र ब्लकचेन प्रविधिहरूको आधारमा एनएफटीहरू र मेटाभर्समा लगानी गरिरहेको घोषणा गरेसँगै यसको खुलासा भएको हो ।
यससँगै युट्युबरहरूले दर्शकहरूसँग वेब थ्री लगायतका प्रविधिको प्रयोग गर्न सक्ने ब्लगमार्फत जानकारी दिएको छ । यसले युट्युबको हालको भिडियो प्रणालीभन्दा धेरै फरक हुने जनाएको छ ।
युट्युबले प्रशंसकहरूलाई एनएफटीहरुको रूपमा उनीहरूको मनपर्ने क्रिएटर्सबाट अनौठो भिडियो, फोटो, कला, र अनुभवहरू पनि प्राप्त गर्नको लागि प्रमाणीकरण योग्य तरिका प्रदान गर्न चाहनेको ब्लग पोष्टमा उल्लेख छ।
युट्युबले प्रयोगकर्ताहरूलाई मेटाभर्समासँगै भिडियोहरू हेर्न अनुमति दिन सक्ने र अहिलेको लागि युट्युबमा मेटाभर्सले खेलहरूसँग सम्बन्धित भिडियोहरूमा फोकस गर्ने युट्युबले जानकारी दिएको छ ।
ब्लकचेनमा आधारित एनएफटी प्रविधिमार्फत युट्युबमा आफ्ना भिडियोहरू राख्ने प्रयोगकर्ताहरूले अनौठो भिडियो, फोटो र कलाकृति देखाएमा विभिन्न अफर दिने योजनामा कम्पनी रहेको छ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया