कङ्गोमा नेपाली सेनाद्वारा २० हजार विस्थापितलाई आवास

कंगो : अफ्रिकी मुलुक कंगोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनीयर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ ।
त्यहाँको डिजुगु क्षेत्रबाट विस्थापित २० हजार जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा नेपाली शान्ति सैनिकले छोटो अवधिमा विभिन्न संरचनासहितको आवास निर्माण गरी हस्तान्तरण गर्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो गुल्मले गत जेठ १९ गतेदेखि अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनको अनुरोधमा सात हेक्टर जमीनमा बाटो र वासस्थान निर्माण गरेको हो ।
यसअघि सन् २०१९ मा पनि उक्त गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजार विस्थापितका लागि आवश्यक संरचना निर्माण गरी महत्वपूर्ण योगदान पुर्याएको थियो । नेपाली सेनाको यस कार्यको संयुक्त राष्ट्रसङ्घ शान्ति कार्यका प्रमुख, त्यहाँ तैनाथ शान्ति सैनिकका फोर्स कमाण्डर, गर्भनर र स्थानीयले मुक्तकण्ठले प्रशंसा गरे । हाल सो गुल्मका गुल्मपति प्रमुख सेनानी सुरेश थापा छन् । रासस

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

प्रतिक्रिया