‘राणाविरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाईले पारित हुन्छ’

काठमाडौँ : कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित हुने विश्वास व्यक्त गरेका छन् । उनले न्यायालय सुधारका बाधक प्रधानन्यायाधीश राणाको विषय सार्वजनिक चाँसो र चिन्ताको विषय भएको भन्दै दुई तिहाई बहुमतले प्र्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका हुन् ।
‘जो अप्रत्याशित अवरोध ‘लिगल डेडलक’ थियो । त्यो फुटाउनुपर्छ र जनतालाई छिटोभन्दा छिटो सेवा दिनुपर्छ भन्नेमा सबैको सहमति थियो,’ उनले पत्रकारसँग भने, ‘मलाई लाग्छ, दुई तिहाईले पनि यसले समर्थन पाउँछ । यो यति सार्वजनिक चाँसोको विषय हो । सार्वजनिक महत्व विषय हो । अब संवैधानिक निकासमा सबैको सहयोग पाइन्छ ।’
उनले न्यायालय सुधारका लागि सबैले आग्रह गरिरहेको, विज्ञले सुझाव दिएको प्रक्रियाअनुसार नै प्रधानन्यायाधीश राणामाथि महाअभियोग दर्ता भएको पनि बताए । संवैधानिक प्रक्रियाअनुसार राणामाथि लागेको महाअभियोग प्रस्ताव पारित हुने उनको विश्वास छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया