शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

सुनको मूल्य १५ सयले बढ्यो

फाइल फाेटाे

काठमाडौँ- साताको पहिलो दिन सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ ।  साताको पहिलो दिन आइतबार चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैँयाले  बढेको छ  ।

शुक्रबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।