शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

पूर्वअर्थमन्त्रीहरूको बैठकमा बैंकिङ्ग क्षेत्रका समस्याबारे छलफल

काठमाडौँ– पूर्व अर्थमन्त्री फोरमको बैंठक आज बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यालय, सुन्धारामा बसेको छ । पूर्व अर्थमन्त्री फोरमको बैठकमा देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयहरुमा बैंठक केन्द्रित रहेको बताइएको छ । 

साथै यस बैंठकमा रेमिट्यान्स बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तार गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयहरुमा छलफल गरेको फोरमका सदस्य सचिव विमल केडियाले जानकारी दिए ।

बैठकमा सहभागी पूर्वअर्थमन्त्रीहरूलाई सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले स्वागत गरेका थिए । बैठकमा पूर्वअर्थमन्त्रीहरू डा. रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा. प्रकाशचन्द्र लोहनी उपस्थित थिए ।