सूर्य चिन्ह नपाए आँधीवेहरी ल्याउँछौं : दाहाल
ओलीको खुराफाती बानी छ : नेपाल

पोखरा : नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष पुष्पकमल दहालले आफूहरूले सूर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने बताएका छन् । मंगलबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली समूहले सूर्य पाउने बताउँदै हिँडेपनि संविधान र कानुन अनुरुप आवश्यक संख्या आफूहरूसँग रहेको बताए । सूर्य चिह्न नपाए फेरी आँधी ल्याइने उनको टिप्पणी थियो । ‘सूर्य चिह्न नपाउने अवस्था आए यहाँ आँधीवेहरी आउँछ,’ दाहालले भने ।
निर्वाचन आयोगले ५० प्रतिशत केन्द्रीय सदस्य रहेको समूहलाई चुनाव चिन्ह र नाम दिने भन्दै सोमबार आफूहरू निर्वाचन आयोगमा गएपछि झनै प्रष्ट भएको उनले बताए । ‘हामीसँग ७० प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ, नाम र चिह्न हामी नै पाउनेछौं भन्नेमा विश्वस्त छौं,’ दाहालले भने ।
प्रधानमन्त्री ओलीले जस्तो आफू प्रहशन गर्दै नहिँड्ने र विधि विधानका लागि पोखरा आएको उनले बताए । ‘हामी यहाँ हाँस्य व्यङ्ग्य र उखान टुक्काका लागि आएका होइनौं, पार्टीमा भएको के हो त्यो बुझाउन आएका हौं,’ दाहालले भने ।
ओलीले जनयुध्दलाई कुहिएको फर्सीको संज्ञा दिएकोमा आपत्ति जनाउँदै दाहालले भने, ‘तपाईंहरू नै भन्नुहोस् के जनयुध्द कुहिएको फर्सी हो त ?’ जनयुध्दसम्बन्धी राजनीतिक प्रतिवेदनमा ओलीले पनि हस्ताक्षर गरेको सम्झाउँदै उनले त्यो अभिव्यक्ति स्वीकार्य नरहेको जनाए ।
दाहालले केपी शर्मा ओलीलाई अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेताबाटै निलम्बन गर्ने तयारी गर्दा संसद विघटन गरेको खुलाए । ‘बैठकले नै ओलीले छाड्नुपर्छ भन्ने थियो, गल्ती नसच्याएकाले उनलाई हटाउने तयारी गर्दा सदन विघटन भयो,’ दाहालले भने ।
अब ओली समूहको नै पतन हुने उनको भनाइ थियो । यसका लागि कार्यकर्ताले केही महिना खटेर काममा लाग्नुपर्ने उनको सुझाव थियो । ओलीले आफैंले कलंकको टीका लगाएको उनको धारणा थियो । ओलीले कलंकको टीका लगाएपछि नै आफूहरूको जीत सुनिश्चित भएको उनले जनाए । उनले भने, ‘केपी गुटको पतन अनिवार्य छ। ओलीले कलंकको टीका लगाइसक्नुभयो ।’ यसका लागि विद्रोह गर्नुपर्ने उनको टिप्पणी थियो । ‘फेरि विद्रोह गरेको अनुभूति भएको छ, सडकमा आन्दोलन गर्दा गर्व महशुस हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दबाबमा पार्न खोजेको भनाइ दाहालको थियो । 'यो राज्यको दुरूपयोग बाहेक के हो ? सर्वोच्चलाई दबाबमा पार्न खोज्ने ?’ उनको प्रश्न थियो ।
अर्का अध्यक्ष माधव कुमार नेपालले ओली केही गरेपनि नसुध्रने बताए । बालुवालाई पेलेर तेल निस्किन नसकेझैं ओलीलाई पनि सुधार्न नसकिएको उनको धारणा थियो । ‘अस्थिरतातिर धकेल्न खोजेका बेला पनि सुधार्न खोज्दा नसुध्रिने ?’ उनले भने । ओली नेकपाको नभइ ओली फाउण्डेसनको अध्यक्ष भएको उनको जिकिर थियो ।
आफू महासचिव हुँदा देखिनै ओली गुटबन्दीमा लागेको नेपालले बताए । ‘गुटबन्दी र अहंकार ओलीको पर्याय भयो,’ नेपालले भने, ‘आफ्नो विरोधी को छन् ? भन्दै नियाल्दै बस्ने ओलीको खुराफाती बानी छ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया