मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

सभामुखलाई हटाउन खोजिएको भन्दै प्रचण्डको संशय

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

बालुवाटार स्राेतका अनुसार छलफलमा माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो? भनी प्रश्न गरेका छन् ।

बालुवाटार स्राेतले स्राेतले भन्याे,'माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई सभामुखबारे गम्भीर भएर प्रश्न गरेका हुन् ।' दाहालको प्रश्नमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे पनि साथ रहेकाे थियाे ।

सभामुख हटाउन हस्ताक्षर संकलन भइरहेकाे विभिन्न सञ्चार माध्यममा समाचार आएकाे र केही नेताहरुले यस विषयमा कुराकानी गरेकाे हल्ला सुनेको भन्दै द्वय अध्यक्षले प्रधानमन्त्रीको जवाफ मागेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएका हुन् ।